+
Search

ताजा अपडेट +

पपुलर +

अध्यादेशमा विपक्षी ४ दलको ४ बुँदे माग, दबाब दिन राष्ट्रपतिलाई गुहार्ने

शब्द-यात्रा
२०८३ बैशाख १६, बुधबार

काठमाडौँ । सरकारले सिफारिस गरेका अध्यादेशहरूको विरोध गर्दै संसद्‌मा रहेका प्रमुख चार विपक्षी दलहरूले चार बुँदे माग अघि सारेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको विपक्षी दलहरूको बैठकले सरकारले विभिन्न ऐनहरू संशोधन गर्न सिफारिस गरेका अध्यादेशहरूप्रति आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबार बसेको संयुक्त बैठकले सरकारको पछिल्लो कदमलाई असंसदीय र अलोकतान्त्रिक भन्दै राष्ट्रपतिलाई समेत ती अध्यादेशहरू स्वीकृत नगर्न दबाब दिएका हुन्।

सरकारले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन २०६६, सहकारी ऐन २०७४, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र केही नेपाल कानुन संशोधन गर्न बनेका अध्यादेशहरू जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा