काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने नियम बनाएको छ ।
आज बसेको सचिवालय बैठकले उक्त प्रस्ताव पारित गरेको प्रवक्ता मनिष झाले बताएका छन् ।
विधानको भाग– १९ अन्तर्गत धारा– ६३ मा यसबारे स्पष्ट व्यवस्था गरेको छ, जसमा सबै तहको निर्वाचनमा उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूको तोकिएबमोजिम सम्बन्धित तहमा उम्मेदवार क्लब हुने भनिएको छ ।
स्थानीय तहका उम्मेदवारलाई पारदर्शी बनाउन रास्वपाले विधानमै उम्मेदवार क्लब र लिडरसिप एकेडेमीको व्यवस्था गरेको बताइएको छ ।
प्रतिक्रिया