काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग जिटुजी मार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।
सरकारले ६० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डीएपी मल जिटुजी मार्फत खरिद गर्नका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको सरकार प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
अहिले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत ग्लोबल टेन्डर मार्फत मल खरिद गर्दै आएको छ । यसरी मल ल्याउँदा टेन्डर कम्पनीले ढिलाइ गर्दा समस्या हुँदै आएको छ ।
प्रतिक्रिया