नयाँ कार्यसमिति चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको मतदान सुरु भएको छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा कार्यसमिति चयनका लागि मतदान सुरु भएको हाे ।
हिजाे महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटन गरिएको थियो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले सोही अनुसार वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान भएकाले उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि अहिले मतदान भइरहेको हाे । महासंघमा हेमराज ढकाल र शिव प्रसाद घिमिरेका दुई प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यता ढकाल प्यानलले वरिष्ठ उपाध्यक्षमा ढकाललाई उम्मेदवार घोषणा गरिसकेको छ भने अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पछि स्वतः अध्यक्ष हुनेछन् । केहि समय अघि महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायतले मतदात गरिसकेका छन् ।
प्रतिक्रिया