+
Search

ताजा अपडेट +

पपुलर +

वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद् बैठकको सिफारिस

शब्द-यात्रा
२०८३ बैशाख २२, मंगलबार

काठमाडौँ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।

वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यसअघि नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेपछि वैशाख ९ गते संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरबारमा बोलाएका राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १० गते सरकारले स्थगित गर्न पत्र पठाएपछि स्थगित गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा