+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

शब्द-यात्रा
२०८३ बैशाख २३, बुधबार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रयोजनका लागि संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

संवैधानिक परिषद्मा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी रहने छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा