काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्राडा जगदीशप्रसाद अग्रवाललाई नियुक्त गरेको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडीन समेत रहेका डा अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् । डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा पुर्याउनेछन् ।
प्रतिक्रिया