+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने

शब्द-यात्रा
२०८३ बैशाख २७, आइतबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भएको छ ।

पार्टीको रणनीति तय गर्न, सात वटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न र केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषय र समसामयिक परिस्थितिका विविध विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा