+
Search

ताजा अपडेट +

पपुलर +

एमाले सांसद गुरु बरालले देखाएको खाली पेजमा के हरायो ?

शब्द-यात्रा
२०८३ बैशाख ३०, बुधबार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उपस्थित भएर नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग राख्दै विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक अघि बढ्न सकेको छैन।

बैठक दुई पटक बसिसके पनि कार्यसूचीमा प्रवेश हुन सकेको छैन ।

सभामुखले निरन्तर बैठक सञ्चालन गर्न आग्रह गरिरहेका छन् तर सांसदहरू उभिइरहेका छन्। यसैबीच नियमावली बुझाउने क्रममा एमाले सांसद गुरु बरालले खाली पेज देखाउँदै हल्का हाँसोको माहोल सिर्जना गरेका थिए । जसमा केही हराएको भन्दै उनले कटाक्ष गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा