+
Search

ताजा अपडेट +

पपुलर +

नवनियुक्त सचिवकाे पद तथा गोपनीयताको शपथ

शब्द-यात्रा
२०८३ बैशाख ३१, बिहीबार

संघीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित एक समारोहका बीच उनले आफ्नो पद तथा गाेपनीयताको शपथ लिएका हुन् ।

उनलाई प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका थिए । अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारीलाई सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा सिफारिस गरेका थिए । संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा