एमालेका सांसद पुष्पराज कँडेलले सरकारी कर्मचारीहरूको तलब भत्ता वृद्धि गर्न माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले तीन वर्षमा बढाउनुपर्ने तलब चार वर्षमा पनि नबढेको भन्दै तलबभत्ता बढाउन माग गरेका हुन् ।
उनले संविधानको मर्मअनुसार सरकारको नीति तथा कार्यक्रम नआएको टिप्पणी गरे । कँडेलले नीति कार्यक्रम गन्तव्य बेगरको जहाजजस्तो आएको बताएका छन् ।
‘हाम्रो १५औँ योजनाले २५ वर्षको मार्गदर्शन बनाएको थियो, यो दस्तावेजमा त्यो कुनै विषय छैन,’ उनले प्रश्न गरे, ‘हाम्रो देशमा अब योजनावद्ध विकास नचाहिने हो ?’ उनले भने ।
प्रतिक्रिया