काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएकोप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आपत्ति जनाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने प्रष्ट पारे।
साम्पाङले प्रधानमन्त्री सदनमा उपस्थित नहुनु संसद्को मर्यादा तथा संसदीय परम्पराविपरीत भएको बताए । अध्यक्ष साम्पाङले आफ्नो विवाहमा अरूलाई बेहुला बनाएर पठाउन नमिल्ने उदाहरण दिँदै प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने तर्क गरेका छन्।
प्रतिक्रिया