+
Search

ताजा अपडेट +

पपुलर +

विज्ञान तथा प्रविधि मन्त्रालय गठन गरेकामा महावीर पुनले गरे स्वागत

शब्द-यात्रा
२०८३ बैशाख ३१, बिहीबार

काठमाडौँ । सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णय गरेकोमा स्वतन्त्र सांसद महावीर पुनले स्वागत गरेका छन् ।

सरकारको निर्णयप्रति खुसी व्यक्त गर्दै पुनले उक्त मन्त्रालयको नाममा ‘अनुसन्धान’ शब्द थप गर्न सुझाव दिएका छन् ।

यस्तै, उनले नीति तथा कार्यक्रममा अनुसन्धान र विकासका लागि पर्याप्त बजेटको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । पुनले मन्त्रालय गठन भए पनि पर्याप्त बजेट अभावमा प्रभावकारी काम हुन नसक्ने भन्दै कुल पूँजीगत खर्चको कम्तीमा १ प्रतिशत बजेट अनुसन्धान र विकासका लागि अनिवार्य विनियोजन गरिनुपर्ने तर्क गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा