काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको लहडले मुलुक नचल्ने बताएका छन् ।
बिहीबार पोखरामा आयोजित पार्टीको विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै थापाले वर्तमान संविधान र कानुनको सीमा मिचेर शासन चलाउन खोजेको भन्दै सरकारको आलोचना गरेका छन् ।
सरकारको लहड र सनकका आधारमा मुलुक चल्न नसक्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री ईश्वर नभएको भन्दै उनी पनि नियम कानुनमा बाँधिनुपर्ने टिप्पणी गरेका छन् ।
सरकारले निजी क्षेत्रलाई त्रसित बनाएको र सिमानामा सर्वसाधारणलाई सास्ती दिएकोप्रति लक्षित गर्दै उनले सरकारको कामप्रति आलोचना गरे ।
प्रतिक्रिया