+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्री यादवले विश्वासको मत लिने

शब्द-यात्रा
२०८३ जेठ १, शुक्रबार

आज मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने भएका छन् । यादवले विहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

यसअघि वैशाख २८ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले जेठ १ गते प्रदेश सभा बैठकमा विश्वासको मत लिन समय मिलाइदिन गरेको पत्राचारअनुसार समय मिलाइएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जनाएका छन् ।

जनमत पार्टीले वैशाख २२ गते मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कानुनबमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् ।

मधेस प्रदेश सभामा अहिले १०२ जना प्रदेश सभा सदस्य रहेकाेमा सरकारलाई बहुमतका लागि ५२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ भने अहिले पनि मधेस प्रदेश सरकारसँग सरकारमा सहभागी दलका ६३ जना प्रदेश सभा सदस्यको समर्थन कायम रहेकाे छ ।

जसमा नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी जसपा नेपालका २६ र नेपाली कम्युनिस्ट पार्टीका १५ सदस्यको समर्थन कायम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा