काठमाडौँ । एमालेको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। बैठक दुई दिन पछिका लागि सारिएको एमालेले जनाएको छ।
एमाले अध्यक्ष केपी ओलीले गएको बिहीबार आज दिउँसो १ बजे आफ्नै निवास भक्तपुरको गुन्डुमा बस्ने गरी बैठक आह्वान गरेका थिए।
तर, एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले आज हुने भनिएको बैठक सोमबारका लागि सारिएको बताएका छन् ।
प्रतिक्रिया