काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा आफूहरूले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितलाई गुमाएको स्मरण गरेका छन् ।
ओली ले मदन–आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै समय बित्दै जाँदा उनीहरूको अभाव अझ गहिरिँदै गएको बताएका छन्। उनले मदन भण्डारी लाई आफ्नो नेता, साथी र सहयोद्धाका रूपमा स्मरण गर्दै भण्डारीकै नेतृत्वमा नेपाली राजनीतिले ‘जनताको बहुदलीय जनवाद (जबज)’ जस्तो मौलिक विचार प्राप्त गरेको बताएका छन्।
साथै जीवराज आश्रित लाई कुशल सङ्गठकका रूपमा सम्झिएका छन्। ओलीले एमाले अहिले पनि सोही वैचारिक आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यतर्फ अघि बढिरहेको बताएका छन् ।
प्रतिक्रिया