काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार ‘पहिला थुन्ने अनि मात्र सुन्ने’ नीतिमा अगाडि बढेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सचेतक राईले सरकार आर्थिक रूपान्तरणको खाका छोडेर उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् ।
उनले भने, ‘माननीय अर्थमन्त्रीज्यूले अर्थतन्त्रको जहाज मोडेर नयाँ गति दिने र उद्योगी व्यवसायीलाई विनाकारण नथुन्ने बाचा गर्नुभएको थियो । तर सरकार गठन भएयता सबैभन्दा बढी प्रहार निजी क्षेत्रमाथि नै भएको छ । सरकार पहिला थुन्ने अनि मात्र सुन्ने नीतिमा अघि बढेको देखिन्छ ।’
सरकारको बोली र व्यवहारमा आकाश–जमिनको फरक देखिएको बताउँदै सचेतक राईले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नारा दिए पनि व्यवहारमा भने त्रसित बनाएको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया