काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले अबको केही हप्ताभित्रै लालपुर्जा वितरण सुरु गरिने बताएकी छिन्।
मन्त्री रावलको सचिवालयको एक भिडियोमा सुकुमबासी समस्या समाधानका लागि सरकारले नयाँ संरचनामार्फत काम अघि बढाएको जनाइएको छ ।
रावलले सुकुमबासी समस्या समाधानका लागि विगतमा अपनाइएका पुराना ढर्रा र संरचनाहरू प्रभावकारी नभएको स्वीकार गर्दै भनिन्, ‘पुरानो ढर्राबाट हुँदैन, पुराना जति पनि हाम्रा संरचना थिए, त्यसले राम्ररी काम गरेन र केही पनि नतिजा दिन सकेन ।’
सरकारले सहकारीपछि सुकुमबासी समस्यालाई प्राथमिकतामा राखेर समाधानको प्रयास गरिरहेको मन्त्री रावलको भनाइ छ।
प्रतिक्रिया