+
Search

ताजा अपडेट +

पपुलर +

संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै

शब्द-यात्रा
२०८३ जेठ ५, मंगलबार

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै सदनकाे बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसाे सवा १ बजे बस्न लागेकाे हाे ।

बिहान ११ बजे प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल हुने सम्भावित कार्यसूची रहेकाे छ । उक्त प्रस्तावमा सोमबारदेखि छलफल सुरु भएको थियो ।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । त्यसैगरि आजकाे बैठक पछि भाेली बुधबारको बैठकमा मन्त्री डा. वाग्लेले जवाफ दिने जनाइएको छ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि आज अपराह्न सवा १ बजे बस्दैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा