+
Search

ताजा अपडेट +

पपुलर +

संसद्‌मा विपक्षीको नाराबाजी, सभामुखले बढाए बैठक

शब्द-यात्रा
२०८३ जेठ ७, बिहीबार

काठमाडौँ । प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका कारण प्रतिनिधिसभा बैठक तनावपूर्ण बनेको छ।

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले संसद् अवरुद्ध गरेपछि सभामुख डीपी अर्यालले पहिलो बैठक स्थगित गरेका थिए।

तर, केही बेरको अन्तरालपछि सुरु भएको दोस्रो बैठकमा पनि विपक्षीहरूको विरोध जारी नै रह्यो। सभामुख अर्यालले विपक्षीको बेल घेराउ र नाराबाजीलाई बेवास्ता गर्दै पेलेरै सदनको कार्यसूची अगाडि बढाएका छन्।

अहिले संसद् भवन नयाँ बानेश्वरमा विपक्षी सांसदहरूले रोस्ट्रम घेरेर संसदीय मर्यादा कायम गर, प्रधानमन्त्री कहाँ छन्, जवाफ चाहियो भन्दै चर्को नाराबाजी गरिरहेका छन् भने सोही होहल्लाका बीच सभामुखले संसद्को कारबाही चलाइरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा