+
Search

ताजा अपडेट +

पपुलर +

विपक्षीको नाराबाजीबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

शब्द-यात्रा
२०८३ जेठ ७, बिहीबार

काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका बीच सम्भावित कार्यसूचीमा रहेका विधेयकहरू पारित भएका छन् ।

सभामुख डीपी अर्यालले विपक्षी सांसदहरूको विरोध र बेल घेराउकै बीच सदनको कारबाही पेलेरै अघि बढाएका थिए ।

होहल्ला र चर्को नाराबाजीकै बीच सरकारद्वारा प्रस्तुत वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । विधेयक बहुमतले पारित भएसँगै सभामुख अर्यालले अर्को बैठक जेठ १२ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित गरेको घोषणा गरेका छन् ।

यसअघि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले सदन ठप्प पारेपछि पहिलो बैठक स्थगित गरी दोस्रो बैठक सञ्चालन गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा