+
Search

ताजा अपडेट +

पपुलर +

एमाले सचिवालय बैठक बस्दै

शब्द-यात्रा
२०८३ जेठ ८, शुक्रबार

आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ । बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्न लागेकाे हाे ।

बिहान ११ बजे अध्यक्ष ओलीको नीजि निवासमा बैठक बस्ने तय भएको कार्यालयका सचिव डा. भीष्म अधिकारीले जनाएका छन् । आजकाे बैठकमा नेताहरूको कार्यविभाजन मूल एजेण्डा रहेकाे बताइएकाे छ ।

गत मङ्सिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन बाँकी रहेकाले नेताहरूको कार्यविभाजनका लागि बैठक बाेलाइएकाे हाे । यसअघि बसेको बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको र त्यसलाई आज अन्तिम रूप दिने बताइएको छ ।

यसअघिकाे सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गराउने निर्णय भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा