नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन कार्यदल गठन आपत्तिजनक रहेको बताएका छन्।
सरकारले प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संशोधन कार्यदल गठन गरेर संविधान संशोधनका लागि विभिन्न पक्षसँग छलफल जारी राखेकामा थापाले यस्तो टिप्पणी गरेका हुन् ।
विराटनगरस्थित कोइराला निवासमा पुगेका थापाले कार्यदलप्रति असन्तुष्ट व्यक्त गरेका छन् । थापाले कार्यदल गठन सर्वमान्य नभएको र विषयवस्तुमा कार्यदलले गरिरहेको काम समस्याग्रस्त रहेको बताए। उनले संविधान संशोधनका नाममा झन जटिलता निम्तनसक्नेसमेत शंका व्यक्त गरे।
प्रतिक्रिया