काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई नेताहरूले माग्रप्रशस्त गर्न आग्रह गरिरहेका छन् ।
पछिल्लो समय उनलाई मार्गप्रशस्त गर्न सुझाव दिनेहरू बढ्दै गएका हुन् ।
शुक्रबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरूले पनि उनको राजीनामा मागेका थिए । पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि अध्यक्ष ओलीले कार्यकर्ताको भावना बुझ्न जरुरी रहेको उल्लेख गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन् – ‘अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमन्ड र गुटगत सोच म उस्तै देख्छु। बलिदानको रगतले जन्मेको पार्टी हो एमाले । लाखौं कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन । त्यसैले कमरेड सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईँको सोच गलत छ।’
नेता ईश्वर पोखरेलले पनि ‘यतिवेला नेकपा एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडि बढ्न सक्छ जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु हो’ भनेका छन् ।
प्रतिक्रिया