आजदेखि बागमती प्रदेश सभाको वर्षे अधिवेशन सुरु हुँदैछ । प्रदेश सभाको वर्षे अधिवेशन दिउँसो १ बजेबाट सुरु हुने प्रदेशसभा सचिवालयले जनाएकाे छ ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार दिउँसाे १ बजेबाट सुरु हुने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेताहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन् । आजदेखि सुरु हुने वर्षे अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सम्वन्धि विषयमा केन्द्रित रहने बताइएकाे छ ।
प्रतिक्रिया