काठमाडौं । नेपाल तरुण दलका नवनियुक्त अध्यक्ष मनिष कोइरालाले आज केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष विद्वान गुरुङले नवनियुक्त अध्यक्ष कोइरालाको नेतृत्वमा तरुण दलले अब गति लिने विश्वास व्यक्त जनाए ।
संगठनभित्र सबै पक्षलाई मिलाएर आगामी ६ महिनाभित्र तरुण दलको महाधिवेशन सम्पन्न गर्ने उनको विश्वास छ ।
आफ्नो कार्यकालमा तरुण दलभित्र कुनै पनि गुटबन्दी र विवाद हुन नदिएको उल्लेख गर्दै गुरुङले अब छिट्टै केन्द्रीय समितिलाई पूर्णता दिने र देशभरका जिल्ला अध्यक्षहरूको भेला बोलाएर नयाँ कार्ययोजनाका साथ संगठन अघि बढ्ने जानकारी दिए ।
प्रतिक्रिया