+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभामा रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दै

शब्द-यात्रा
२०८३ जेठ १८, सोमबार

काठमाडौँ । प्रतिनिधिसभामा आगामी रणनीति तय गर्न विपक्षी दलहरूको बैठक आज बस्दैछ। बैठक मध्याह्न १२ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा हुने तय भएको छ।

सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको अवरोध र बेल घेराउबीच प्रतिनिधिसभा नियमावली पारित गरेपछि त्यसपछिको रणनीतिबारे छलफल गर्न विपक्षी दलहरू एकत्र हुन लागेका हुन्।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को आय–व्यय विवरण (बजेट) माथि छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा