+
Search

ताजा अपडेट +

पपुलर +

भाषा, कला, साहित्य र संस्कृतिविना कुनै पनि राष्ट्रको समृद्धि अपूरो हुन्छः सञ्चारमन्त्री

शब्द-यात्रा
२०८३ जेठ ३०, शनिबार

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएको बताएका छन् ।

गोरखापत्र संस्थानद्वारा शनिबार आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताएका हुन् ।

उनले कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनविनाको समृद्धि अपूरो हुने बताएका छन् । उनले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा