+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीसँग एकता टुट्दा पार्टीलाई ठुलो क्षतिः एमाले

शब्द-यात्रा
२०८३ जेठ ३१, आइतबार

काठमाडौं । नेकपा एमालेले गत चुनावमा गुमेको साख पुनर्जागरण गराउन मिसन चलाउने भएको छ ।

गत चुनावमा पार्टीको गुमेको साख फर्काउँदै अब हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउनका लागि केन्द्रीय सदस्य र जिल्लाका नेताहरूलाई ठोस जिम्मेवारी तोकेर मिसन जागरण अभियान चलाउने भएको हो ।

पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसहित पठाइएको मिसन जागरण अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार बेहोर्नुका कारण, कार्यकर्ता र जनता पार्टीप्रति निराश हुनुको कारण उल्लेख गर्दै ‘डिजिटल लडाइँ’ लड्ने जनाएको छ ।

मुख्यगरी २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा