+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाको सम्पन्न भइसकेको कैलाली जिल्ला अधिवेशन रद्द, के हो लफडा ?

शब्द-यात्रा
२०८३ जेठ ३१, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टीको हालै सम्पन्न कैलाली जिल्ला अधिवेशन रद्द भएको छ । आवश्यक मापदण्ड पूरा नगरी निर्वाचन गराइएको पाइएकोले अधिवेशन नै रद्द गर्नुपरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताएका छन् ।

केसीले अधिवेशन रद्द भएको भन्दै जिल्लामा पत्राचार गरेका हुन् । कैलालीमा नयाँ नेतृत्व चयनका लागि छिट्टै अधिवेशनको नयाँ मिति तोकिने उनको भनाइ छ ।

निर्वाचन प्रक्रियामा आधारभूत विधि र प्रक्रिया पालना नभएको, मतदान तथा मतगणनामा स्थापित नियम उल्लंघन भएको, अधिकांश मुख्य उम्मेदवारहरूले लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको तथा योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको पाइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा