राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि चन्दा संकलन नगरेको बताएका छन्।
आज महाधिवेशन स्थल निरीक्षणका कार्यक्रममा प्रवक्ता झाले उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको बताएका हुन् ।
‘हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ,’ उनले भने, ‘महाधिवेशनका लागि नै भनेर कुनै घराना व्यापारीलाई रसिद कसैलाई पठाएका छैनौँ।’
महाधिवशेन सञ्चालनका लागि चार करोड रुपैयाँ लाग्ने अनुमान रास्वपाले गरेको छ। रास्वपाको प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुँदै छ।
प्रतिक्रिया