+
Search

ताजा अपडेट +

पपुलर +

कृषि क्षेत्रबारे शिक्षामन्त्रीले के भने ?

शब्द-यात्रा
२०८३ असार ६, शनिबार

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएको बताएका छन् ।

शनिबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्त्वपूर्ण भएको बताएका हुन्।

उनले यसको रूपान्तरणका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्तिमा जोड दिनुपर्ने बताए । कृषिमा लगानी गर्नुपर्ने विषयमा पटक–पटक जोड दिइए पनि त्यसअनुसार लगानी हुन नसकेकाले अब बन्ने नयाँ सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।

दीक्षान्त समारोहमा विश्वविद्यालयबाट कुल दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन्। जसमा स्नातक तहका एक हजार ८३६, स्नातकोत्तर तहका ३२७ र विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका ३० जना विद्यार्थी रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा