काठमाडौँ । आजदेखि चितवनमा शुरु हुने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सभापति गगन थापा जाने भएका छन् ।
महाधिवेशनमा शुभकामना दिन सभापति थापा आफैँ जाने भएको सचिवालय प्रमुख शंकर कुइँकेलले बताए ।
संसद्को सबैभन्दा ठूलो दलको महाधिवेशनलाई नजरअन्दाज गर्न नहुने भन्दै सभापति थापा आफैँ जान लागेको कांग्रेस स्रोतले जनाएको छ ।
प्रतिक्रिया