+
Search

ताजा अपडेट +

पपुलर +

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस सकियो

शब्द-यात्रा
२०८३ असार ११, बिहीबार

काडमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथिको बहस सकिएको छ ।

पौडेलकी श्रीमती दोमाया पौडेलले हिजो सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाइ भएको हो।

पौडेलको इजलासले केही बेरमा आदेश दिनेछ । रिटमा राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै रिहाइको आदेश माग गरिएको छ ।

पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा