+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसका नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा

शब्द-यात्रा
२०८३ असार १३, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगरस्थित घरमा प्रहरीले छापा मारेको छ।

गिरीको घरमा शङ्कास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगर–८, मधुमारामा रहेको गिरीको निवासमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले खानतलासी गरेको हो।

प्रहरीले गिरीको घर अगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको पनि खानतलासी गरेको छ। ती गाडीहरू गिरीले प्रयोग गर्दै आएका थिए।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा