पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन, निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन आयोगसमक्ष औपचारिक निवेदन दर्ता गराएका छन् ।
एमाले नेता महेश बर्तौलाले शुक्रबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर ओलीको तर्फबाट उक्त निवेदन दर्ता गराएका हुन् ।
ओलीले आयोगसँग बैठक नम्बर १७७ को प्रमाणित प्रतिलिपि, सदस्य लिली थापाको नेतृत्वमा गठित समितिको प्रतिवेदन, प्रतिवेदनमा गरिएका थपघटसम्बन्धी विवरण, त्यसको कारण तथा घटनासँग सम्बन्धित सबै बयान र कागजातको प्रतिलिपि उपलब्ध गराउन माग गरेका छन् ।
प्रतिक्रिया