+
Search

ताजा अपडेट +

पपुलर +

त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

शब्द-यात्रा
२०८३ असार १८, बिहीबार

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शपथ गराएका हुन् ।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

यसैगरी, शिक्षामन्त्री पोखरेलको उपस्थितिमा सेवा आयोगकी नवनियुक्त सदस्य प्राडा रेजिना मास्केलाई त्रिवि सेवा आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शपथपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमानदारीका साथ निर्वाह गर्दै त्रिविमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा