बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्त्वपूर्ण १० निर्णय गरेको छ ।
बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षकलाई सरुवा गर्ने निर्णय गरेको छ ।
यस्तै, संलग्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न स्वीकृति दिने, शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्री पोखरेलका अनुसार राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने पनि निर्णय गरिएको छ भने अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।
प्रतिक्रिया