+
Search

ताजा अपडेट +

पपुलर +

बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भयोः प्रचण्ड

शब्द-यात्रा
२०८३ असार २०, शनिबार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वालेन्द्र शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन् ।

शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल आएका प्रचण्डले सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा सरकारका सय दिन पूर्ण रूपमा असफल भएको बताएका हुन् ।

‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यस अर्थमा यो सरकारका सय दिन पूर्णतः असफल भएको देख्छु,’ प्रचण्डले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा