काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गरेका छन् ।
बागमती प्रदेश जागरण अभियानको उद्घाटन गर्दै ओलीले कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानी वा रक्षात्मक अवस्थामा नबस्न निर्देशन दिएका छन्।
एमालेले गरेका कामहरू ऐतिहासिक रहेको भन्दै छाती फुलाएर जनताको बिचमा जान नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । ओलीले पछिल्लो समय एमालेमाथि चौतर्फी हमला भइरहेको र पार्टीले केही गम्भीर धक्का सहेको स्वीकार गरेका हुन् ।
प्रतिक्रिया