+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा नियमावलीको प्रावधानविरुद्ध सर्वोच्च जाँदै कांग्रेस

शब्द-यात्रा
२०८३ असार २१, आइतबार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ । प्रतिनिधिसभा नियमावलीको प्रावधानविरुद्ध कांग्रेस सर्वोच्च अदालत जाने भएको हो ।

कांग्रेसले प्रतिनिधिसभा नियमावलीको कतिपय व्यवस्थामा फरक मत राख्दै आएको छ । गत १८ जेठमा नियमावली पारित हुँदा सभामुख डीपी अर्यालले सत्तारुढ दल रास्वपाको बहुमतले पेलेरै बैठक चलाएका थिए ।

त्यतिबेला संविधान संशोधनको प्रावधान र सांसदहरूलाई फौजदारीबाहेक अन्य कानुन नलाग्ने व्यवस्था नियमावलीमा राखिएको भन्दै विपक्षी दलले आपत्ति जनाएका थिए ।

नियमावलीमा भएको बुँदाका कतिपय विषयको विरुद्धमा न्यायिक निरुपण खोज्न कांग्रेस सभापति गगन थापाले पार्टीका नेता, कानुनविद् र कानुन व्यवसायीसँग शुक्रबार छलफल गरेका थिए । छलफलमा उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा सहभागी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा