+
Search

ताजा अपडेट +

पपुलर +

रौतहटमा आन्दोलनकारीले जलाए प्रधानमन्त्री बालेनको पुतला

शब्द-यात्रा
२०८३ असार २५, बिहीबार

काठमाडौं । रौतहटको मौलापुरमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको पुतला दहन गरिएको छ ।

मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले आज प्रधानमन्त्री शाहको पुतला दहन गरेका हुन् ।

विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन छ । सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले आफ्नो जिम्मेवारी पूरा नगरेपछि मन्त्रालय फिर्ता बोलाए पनि अर्को अधिकृत नपठाएर बजेट प्रिज गर्ने काम भएको छ ।

प्रधानमन्त्री बालेनले सुशासनको वर्ष मनाइरहेको र सदाचारको नीतिमा अगाडि बढीरहेको बताउँदै गर्दा मौलापुरमा हाकिम विहीन बनाउने कामले स्थानीय सेवाग्राही आक्रोशित भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुशासन र सदाचारको धज्जी उडाउँदै मौलापुरमा हाकिम पठाउन नचाहेको आरोप स्थानीय बासिन्दाको छ ।

मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर प्रधानमन्त्री वालेन नेतृत्वको सरकारले बजेट फ्रिज गराएको गम्भिर आरोप मेयर रिना साहले लगाएकी छन् । कर्मचारी रिक्तता गराएर बजेट फ्रिज गराउने षडयन्त्रमा संघीय सरकार नै लागेको गम्भिर आरोप उनले लगाएकी छन् । मेयर साहले बजेट कार्यान्वयन र भुक्तानी गर्ने महत्वपूर्ण समयमा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाई स्थानीय तहलाई गतिरोध तर्फ धकेलिएको र बजेट फ्रिज गराउने नियत अनुसार संघीय सरकारले काम गरेको आरोप उनको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा