+
Search

ताजा अपडेट +

पपुलर +

सुकुमबासी बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियोः शंकर पोखरेल

शब्द-यात्रा
२०८३ असार २७, शनिबार

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको बस्ती खाली गर्नुलाई नै सरकारले बहादुरी ठानेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले आमसञ्चार माध्यमहरूमा सार्वजनिक भएका सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील रहेको उल्लेख गरेका हुन्।

महासचिव पोखरेलले एकातिर नागरिकलाई उठिबास लगाउनु र अर्कोतिर सरकार आफैँले स्थापना गरेका होल्डिङ सेन्टरहरू समेत व्यवस्थापन गर्न नसकेर खाली गर्न लगाउनुले अमानवीयताको हद पार गरेको बताएका छन् ।

कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधास्वामी सुकुमबासी होल्डिङ सेन्टर डुबानमा परेको छ । लगातारको अविरल वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढ्दा उक्त सेन्टर पूर्ण रूपमा जलमग्न बनेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा