+
Search

ताजा अपडेट +

पपुलर +

श्रीलंकाको भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

शब्द-यात्रा
२०८३ साउन ३, आइतबार

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए । प्रचण्ड जुलाई १५ मा श्रीलंका गएका थिए ।

भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै उद्घाटन तथा समापन दुवै सत्रलाई सम्बोधन गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा