+
Search

ताजा अपडेट +

पपुलर +

म मुस्लिमको छोरो हुँ, तर हिन्दू राष्ट्रको पक्षमा छुः ताहिर अली भाट

शब्द-यात्रा
२०८३ साउन १९, मंगलबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आफू मुस्लिमको छोरो भएर पनि हिन्दू राष्ट्र र सर्वधर्म सद्भावको पक्षमा रहेको बताएका छन् ।

सांसद भाटले सुनसरी घटनामा परी ज्यान गुमाउनेको संख्या चार पुगेको उल्लेख गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरे।

धार्मिक ग्रन्थको व्याख्या गर्दै उनले भने, ‘गीतामा “वसुधैव कुटुम्बकम्” र “सर्वे भवन्तु सुखिनः” लेखिएको छ। यसले विश्वका सबै प्राणी एउटै परिवार हुन् र सबै सुखी हुन् भन्ने सन्देश दिन्छ। कतै पनि मुस्लिम सुखी नहून् भनेर लेखिएको छैन।’

हिन्दू राष्ट्रको माग स्पष्ट पार्दै उनले भने, ‘म मुस्लिमको छोरो भएर हिन्दू राष्ट्रकै पार्टीमा छु। राप्रपाले मागेको हिन्दू राष्ट्र काटमार गर्ने होइन, बरु सबै धर्मबीच सद्भाव र सम्मान कायम गर्ने पहिचानका लागि हो।’

उनले विगतमा नेपाल हिन्दू राष्ट्र हुँदा पनि नेपाली मुस्लिमहरूले नेपाली टोपी र राष्ट्रिय झण्डासहित गर्वका साथ हज यात्रामा जाने गरेको स्मरण गरे।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा