सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै छ ।
चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुख नजिर मियाँले आजदेखि अधिवेशन आह्वान गरेका हुन् ।
यसअघि प्रदेश सभाको छैटौँ अधिवेशन गत माघ २५ गते अन्त्य भएको थियो । अब सुरु हुन लागेको सातौँ अधिवेशनबाट प्रदेश सरकारका नीति तथा कार्यक्रम, बजेट तयारी, तथा विभिन्न विधेयकहरू अघि बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया