+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा कांग्रेस र एमालेबाट नवनियुक्त मन्त्रीले लिए शपथ

शब्द-यात्रा
२०८३ बैशाख २, बुधबार

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस र नेकपा एमालेबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नवनियुक्त मन्त्रीमा कांग्रेसबाट जित शेरचन आर्थिक मामिलामन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकासमन्त्री र नम्दु गुरुङ वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् भने एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकासमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री बनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा