नेपाली कांग्रेसको प्रदेशस्तरीय भेला सोमबारदेखि हुने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार र मङ्गलबार गरी दुई दिनसम्म सञ्चालन हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने छ ।
विशेष महाधिवेशनपछि कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागिएको हो।
भेलालाई कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ।
प्रतिक्रिया