काठमाडौँ । समाज निर्माणमा जीवनभर पुगाएको योगदानको कदर गर्दै भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
त्यस अवसरमा उनीहरूलाई वडा कार्यालयले सम्मानपत्र र न्याना कपडा पनि प्रदान गरेको थियो ।
प्रतिक्रिया